Blog Archive
Followers
Whats About Me Then??
Total Pageviews
Translate
Sunday, November 10, 2019
नेपाल राष्ट्र बैंकमा तीस वर्ष काम गरेर अवकाश पाएको पनि डेढ वर्ष बितिसकेको छ । आफ्ना समवयी साथीहरुले पनि क्रमशः अवकाश पाउँदै गएकाले अब नेपाल राष्ट्र बैंकमा आफूले चिनेजानेका कर्मचारीको संख्या निकै कम भइसकेको छ । भुइँचालोले काठमाडौंका पुराना कार्यालय भवन भत्काएको र टक्सार पनि धरहराको सेरोफेरोमा पर्ने भएकाले विभागहरू यताउता सारिएका छन् र अहिले त कुन विभाग कता छ भनेर मलाई पनि थाहा हुन छोडेको छ । कर्मचारीको सरुवाको कारण चिनेका साथी कुन विभागमा छन् भनेर हेक्का गर्न सकिने अवस्था पनि छैन । नयाँनयाँ प्रविधि वित्तीय बजारमा आइरहेको कारणले अहिले कुन काम कसरी हुन्छ भन्न पनि सक्दिन । नीति र कार्यनीतिमा हुने सामयिक परिवर्तनले कुन अवस्था र समस्यालाई सम्बोधन गर्न कस्तो काम कसरी गरिन्छ भनेर अड्कल काट्न त झन् के सक्नु र ?
तर छिमेकी, साथीभाइ र अन्य चिनारुका लागि म राष्ट्र बैंकसँग अझै सम्बन्धित नै देखिन्छु । कसैलाई त म रिटायर भएको थाहा नै हुँदो रहेनछ । उनीहरू म अझै राष्ट्र बैंकमा कार्यरत रहे झै कुरो गर्छन् । दसैंमा नयाँ नोट सटही, अर्वपर्वमा चानचुने पैसाको जोहो, उपचार, तीर्थ र भ्रमणका लागि भारत जान चाहिने भा.रू. को बन्दोबस्त र छोराछोरी विदेश पठाउन चाहिने विदेशी मुद्राको बारेमा समयसमयमा मसँग सोधखोज गरिरहन्छन् । म अब खासै के गर्न सक्छु र ? सामान्य प्रक्रियाको कुरो बताइदिन्छु । हाम्रा पालामा यसो गर्थ्यौं भन्छु, सकियो । सम्बन्धित विभागमा मनले खाएको साथी भएको थाहा भयो भने 'यसो भेट्नु न' भनेर सल्लाह दिन्छु । राष्ट्र बैंकको महत्त्वपूर्ण विभाग र निर्णायक पदमा नपुगेको कारण गम्भीर र जटिल समस्या मकहाँ जागिरे हुँदा त आउँदैनथ्यो भने अहिले के आओस् । हुने कुरालाई झन् सजिलो पारिदिनुस् भन्ने मात्र आग्रह राखेको पाएको छु । यस्तो काम त मलाई ठिकै पनि लाग्छ ।
रिटायर भएर बसेपछि कुरो यतिमै सकिन्न रै'छ । अर्थतन्त्रका कतिपय खबर र विश्लेषणका बारेमा पनि चिनारुहरूले प्रतिक्रिया माग्दा रै'छन् । सेयर बजारको हालत यही हो कि सुध्रेला, राजस्व सबै चालू खर्चमा गयो विकास कसरी होला, जग्गाको भाउ कता जाला, तरलताको समस्या कति लामो चल्ला, नेपाल राष्ट्र बैंकलाई बैंकहरूले टेर्न छोडे रे नि, महँगी नियन्त्रण त राष्ट्र बैंकले गर्ने होइन र जस्ता चासो मानिसले राख्छन् । बैंकका कतिपय नीतिका बारेमा खुला आलोचना पनि सुन्नु पर्दोरहेछ । पदमा रहेको वेला कुर्सीमा रही कार्यरत रहेको समयमा त्यही संस्थाको बारेमा नकारात्मक प्रतिक्रिया राख्न मानिसलाई गाह्रो हुँदो रहेछ । बाहिर रहेको अवस्थामा त जसले जे भने पनि भो, जे सोधे पनि भो । यस अवस्थामा म आफूलाई नेपाल राष्ट्र बैंकरूपी किल्लाबाट बाहिर निस्केको त्यहीं बैंकको सिपाहीको रूपमा पाउँछु । आफू किल्लामा सुरक्षित नरहे पनि आफूले किल्लाको सुरक्षा गर्नु नै छ । म आफ्नो ज्ञानले भेटेको र ब्रह्मले देखेको कुरा गर्छु । नेपाल राष्ट्र बैंकको पेन्सनपट्टा सिरानमा भएकाले नेपाल राष्ट्र बैंकको नाम र शान अलिकति पनि तल नपरोस् जस्तो लाग्दो रहेछ । राष्ट्र बैंकको झण्डा उँचो राख्न खोजिरहन्छु । सफलता र असफलताका आफ्नै कथा व्यथा छन् ।
किल्लाबाहिर देखापर्ने सङ्कटका श्रृंखला यहीं सकिदैनन्। बैंकले नयाँ नीति लिँदा वा नीति परिवर्तनको खबर पत्रिकामा छापिएको अवस्था निकै चुनौतीपूर्ण हुन्छ। कहिलेकाँही त त्यो खबर आफैंलाई पनि थाहा हुन्न । घरमा सबै पत्रिका किन्ने कुरा पनि हुँदैन । बैंकमा कसैले कुन समस्यालाई सम्बोधन गर्न के आधारमा कुन नीति बैंकले अनुशरण गर्न लागेको हो र त्यो कुरालाई पत्रिकाले कसरी छापेको हो आफूलाई केही थाहा नभएको अवस्थामा चिया पसलमा प्राप्त प्रतिक्रियालाई कसरी सम्बोधन गर्ने ? चुप बसौं 'मौनं सम्मति लक्षणम्' होला, बोलौं, के बोलौं, के बोलौं हुन्छ । कति कुरा त आफैंलाई पनि अलि अनौठो लाग्छ । किल्लामा रहेको भए त्यस बारेमा विस्तृत जानकारी हुन्थ्यो र त्यस भनाइको सैद्धान्तिक आधारमा पक्ष पोषण गर्न सकिन्थ्यो होला । किल्लाबाहिर रहँदा निकै असजिलो महसुस हुँदो रहेछ । प्रतिरक्षा नगरौं, चित्त नबुझ्ने, प्रतिरक्षा गरौं, बुद्धिले साथ नदिने ।
सबैभन्दा असजिलो परिवेश हो बैंकभित्र भएका अनियमितता बारेमा पत्रिकामा आउने समाचार । त्यस वेला 'फलानाले त यसो पो गर्यो रे त केदारजी, कस्तो हो त्यो मान्छे' भन्ने प्रश्नले घेरिरहन्छ । नेपाल राष्ट्र बैंक मूलतः स्वच्छ संस्था हो भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । तर यहाँ कसैले 'केही' गर्न सक्दैन वा गरेको छैन त कसरी भन्न सकिन्छ र ? ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट, विभिन्न निकायका छानबिनमा परेका व्यक्तिको विवरण र पत्रपत्रिकाका खबर हेर्दा कुनै संस्था पूर्णरूपमा चोखो छ भन्न सकिने अवस्था पनि छैन । कुनै व्यक्ति वा कुनै घटनाका बारेमा ठोकुवा गरेर यसो हो भन्न त सकिएला तर सोलोढोलो जिम्मेवारी त कसरी लिनु ? कतिपय व्यक्तिका संदिग्ध गतिविधिको गन्ध बैंकमा आफूले काम गर्दाकै अवस्थामा नपाएको पनि हैन । फेरि नेपाल राष्ट्र बैंकको इज्जतमा दाग लगाउने घटनालाई कसरी सजिलै स्वीकार्नु ? व्यक्तिका बारेमा धारणा राख्न त झन् गाह्रो छ । म अलमल्लमा पर्छु । पत्रिकाले नकारात्मक टिप्पणी गरेका व्यक्तिका बारेमा सकारात्मक प्रतिक्रिया दिऊँ, आफैं मतियार जस्तो देखिइने, हो भनी ‘हाँ’ मा ‘हाँ’ मिलाऊँ, त्यस बारेमा आफूलाई थाहापत्तो नाइँ ! दुई जँड्याहामध्ये एउटाले सडक बत्तीलाई घाम र अर्कोले जून भनेर झगडा गरिरहेको अवस्थामा झट्ट पुगेको मानिसलाई निर्णय दिन अनुरोध गर्दा त्यो व्यक्तिले 'म यो ठाउँको होइन भाइ' भनेर फुत्किए जस्तो फुत्किनु पर्ने अवस्था पनि पर्दोरहेछ कहिलेकाँहीं ।
आफू नेपाल राष्ट बैंकबाट निस्के पनि मुटुबाट नेपाल राष्ट्र बैंकप्रतिको माया आस्था र विश्वास निस्किएको छैन । मुलुकको केन्द्रीय बैंक वित्तीय क्षेत्रको 'राजा' भएको कारण यसप्रति सबैको आस्था र विश्वास हुनु पनि पर्छ । म त झन् त्यही बैंकको सिपाही । किन विश्वास नहुनु ? तर समय घर्किंदै जाँदा परिस्थितिमा परिवर्तन हुँदो रहेछ र कहिलेकाहीं नेपाल राष्ट्र बैंकको समाचार पढेर आफैं छक्क पर्नुपर्दो रहेछ । राष्ट्र बैंकको बारेमा मुटुमा सकारात्मक धारणा रहेकै अवस्थामा आँखाले नकारात्मक खबर दिमागमा लैजाँदा किल्लाबाहिरको सिपाहीले रन्थनिनु पर्दोरैछ । एकछिन रन्थनिए पनि दीर्घकालमा सत्यको सामना गर्नै पर्छ । आफ्नो हात नभएको र आफूले सम्हाल्न नसकिने घटनाका बारेमा धेरै दिमाग खपाएर फाइदा पनि त छैन । किल्लाभित्र बस्नेले नै किल्लालाई सुरक्षित राख्नुपर्छ । हामी त के गर्न सक्छौं र अब ? सर्वसाधारणले बैंकको गुणगान गरेको सुन्न पाउँ भन्नुबाहेक स्वार्थ पनि के छ र ? किल्लाबाहिरको सिपाहीले राष्ट्र बैंकको यात्रामा हैसे मात्र गर्न सक्दो रहेछ, होस्टे त किल्लाभित्रबाटै हुनुपर्ने रै'छ ।
राष्ट्र बैंकको सुस्वास्थ्यको लागि किल्लाबाहिरबाट शुभकामना !
Thursday, August 9, 2018
- बच्चा तुरुन्त छोड् । नत्र तेरो दिन सकिन्छ । – काडमाडौं एसएसपी (अन्नपूर्ण पोष्ट, २०७५।४।२३)
- बच्चा तुरुन्त छोडिदे । नत्र तँ सकिन्छस् । – मोबाइल नं. ९८५१२०५५५५ (नयाँ पत्रिका, २०७५।४।२३)
माथिकाे म्यासेज प्रहरी अधिकारीकाे माेबाइलबाट एक अभियुक्तकाे माेबाइलमा पठाइएकाे थियाे । र भयाे पनि त्यस्तै । साउन २० गते साँझ अपरहणमा परेका काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो । प्रहरी सक्रियतामा उनको खोजी भइरहेको अवस्थामा नै प्रहरी अधिकारीबाट माथि लेखिएको व्यहोराको म्यासेज अभियुक्तको मोबाइलमा पठाइएको थियो । भोलिपल्ट बच्चाको शव नगदेशको एउटा निर्माणाधीन घरमा भेटियो । अपहरणकारी भनिएका दुई युवक पनि पाइलट बाबा आश्रममा जाने जंगलमा प्रहरीसँगको ‘इन्काउन्टर’ मा मारिए । अपहरणकारीले बच्चा छोडेनन् र प्रहरीले ती ‘अपहरणकारी’ र ‘हत्यारा’ को दिन सक्यो ।
यस इन्काउन्टरको घटनाक्रमका बारेमा फरकफरक कुरा पत्रिकामा प्रकाशन भएका छन् । कुनै पत्रिकाले अपहरणकारीको इन्काउन्टर अघि प्रहरीले पक्राउ गरेको कुरा लेखेका छन् भने कसैले पाइलट बाबाको जंगलमा नै भेटेर सोधपुछको क्रममा प्रहरीसँग प्रतिकार गर्दा मारिएको उल्लेख गरेका छन् । यसबारेमा मानव अधिकार आयोगमा निवेदन परेको छ र छानबिन सुरु भएको खबर छ । गृह मन्त्रालयले पनि छानबिन गर्ने बताएको खबर आएका छन् । मृतकको हातमा रहेको पेस्तोल (गोली लाग्दा पनि हातबाट नछुटेको) बारेमा पनि चर्चा भएका छन् । यसकाे फरेन्सिक जाँच होला र एउटा निष्कर्ष आउला भन्ने अपेक्षा गरौं ।
अपहरणकारीको हत्यबाट यो अपराधको सबै रहस्यहरु पर्दामा नै रहे । किन अपरहण गरियो ? अपरहणकारीले किन चिनजान भएको व्यक्ति रोज्यो ? फिरौती वापत मागिएको रकम तिर्न सक्ने आधार के देखिएको थियो ? यस घटनाबाट समाजले सिक्नुपर्ने पाठ के थियो ? यो अपराधको पछाडि कुनै मास्टर माइन्ड (अपराध गर्न लगाउने व्यक्ति) थियो कि थिएन ? मारिएका दुई व्यक्ति बाहेक अरुको अपराधमा संलग्नता थियो कि थिएन ? यस्ता रहस्य पर्दाबाहिर आउन सकेनन् । यसले अपराधशास्त्रको अध्ययनमा सहयोग गर्न सकेन । त्यति मात्र होइन, न्यायिक पुर्पक्षबाट सबै कुरा बाहिर भएकाले जो मारिए के ती अपराधी नै थिए त भन्ने प्रश्नको उत्तर पनि निसंकोच दिन सकिने अवस्था रहेन ।
नेपाल प्रहरीका लागि इन्काउन्टर नौलो होइन । घैटे, चरी आदिले पनि प्रहरीसँगको इन्काउन्टरको नाममा ज्यान गुमाएका थिए । ‘अपराधीलाई इन्काउन्टर गरी सफाया गर्ने’ बोली कुनै प्रहरी अधिकारीको मुखबाट यदाकदा सुनिन्छ पनि । माथि उल्लिखित मोबाइल म्यासेजको भाषा पनि त्यो भन्दा फरक छैन । यही म्यासेजले गर्दा बालकको मृत्यु भएको हो र होइन भन्ने विवादको कुनै अर्थ छैन । यो म्यासेज नै कानुनी राज्यको खिलाफ छ । राज्यले दिएको बन्दुक बोकेर कसैलाई मार्नका लागि प्रहरीबाट व्यक्त व्यग्रता कानुनी शासनको द्योतक होइन । हत्याका लागि ललकार्न कसैलाई अनुमति छैन । राज्यका निकाय संयमित भएनन् भने अराजकताको सिर्जना हुन्छ । प्रतिरोधमा जनता उठे भने फेरि अर्को द्वन्द्वको पृष्ठभूमि तयार हुन्छ ।
अपराधीलाई इन्काउन्टर गर्ने भन्ने भनाइ नै गलत आशयबाट प्रेरित छ । इन्काउन्टर ‘गर्ने’ होइन ‘हुने’ कुरा हो । इन्काउन्टर अर्थात मुठभेड कसैले योजना बनाएर हुने कुरा होइन, यो त अचानक हुने कुरा हो । खोजी गरिरहेको अभियुक्तसँगको भेट त इन्काउन्टर हुँदै होइन । भागिरहेको अभियुक्त भन्दा खेदिरहेको राज्यको सुरक्षा बल अवश्य नै बलियो हुन्छ । उसले आत्मरक्षाका लागि हत्याको सहारा लिनु पर्दैन । आधुुनिक युगमा अनेक हतियार र प्रविधि होलान्, अभियुक्तलाई जिउँदै समात्ने । प्रहरीले त्यसको प्रयोग गर्नुपर्छ ।
अपहरणकारी र हत्याराको नै हत्या भएकाले सामाजिक संजालमा प्रहरीको यो काम सराहनीय हो भन्ने आशय पनि सामाजिक संजालमा व्यक्त भएका छन् । तर ‘क्राँक्रा चोरलाई मुड्के सास्ती’ भने जस्तो सजिलो विषय होइन यो । ‘आँखाको सट्टामा आँखा’ र ‘ज्यानको सट्टामा ज्यान’ भन्ने नियम पनि मानव सभ्यतामा थिए । ती नियमले अपराध घटाउन र समाजको समस्या समाधान गर्न सकेन । कानुन हातमा लिएर इन्साफ फिल्ममा हुनसक्छ, वास्तविक जीवनमा हुँदैन । भए पनि त्यो दिगो हुँदैन । त्यसैले अपराधशास्त्र र फौजदारी कानुनको विभिन्न सिद्धान्तको विकास भएको छ । छोटकरीमा भन्ने हो भने कानुन हातमा लिएर कानुनको रक्षा हुन सक्दैन । इन्साफका लागि कानुनको पालना हुनै पर्छ ।
यसै विषयलाई दृष्टिगत गरी कानुनका दृष्टिमा सबै समान हुने, कानुनको संरक्षण सबैलाई प्राप्त हुने कुरा संविधानमा उल्लेख गरिएको छ । यसका साथै कानुन बमोजिम बाहेक सजाय नहुने, स्वच्छ सुनुवाइबाट बञ्चित नहुने, कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने, कसुर प्रमाणित गर्ने भार सरकारमा हुने, कसुर शंकारहित तरिकाले प्रमाणित गर्नुपर्ने, शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सामान्य सिद्धान्तलाई पनि नेपालले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । यस पृष्ठभूमिमा यस्तो ’इन्काउन्टर‘ निश्चय नै नेपालको न्यायिक अवधारणाको विपरीत हो । यस्ता घटनाले संविधानवाद र कानुनको शासनको निर्माणमा बाधा हाल्छन् ।
नेपालका सबै निकायहरु संक्रमणकालमा छन् । संघीय संरचनामा नेपाल गइसकेको छ र त्यसका लागि विभिन्न काम भइरहेका छन् । भर्खरै प्रधान न्यायाधीशमा सिफारिस भएका का.मु. प्रधान न्यायाधीशको नियुक्तिको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ र यसलाई अदालतको सुधारको सुरुआतको रुपमा लिइएको छ । यस सँगै नेपालका सुरक्षा निकायले पनि नेपालको संविधान, कानुन र मानव अधिकारको रक्षा गर्न सक्षम बन्नुपर्छ । सुरक्षा निकायले आत्मरक्षा गर्दा मानव अधिकार घाइते हुनुुुहुँदैन । यस दृष्टिले ‘इन्काउन्टर’ मा कसैको ज्यान जानु प्रहरीको लागि गौरवको कुरा बन्नु हुँदैन र ‘इन्काउन्टर’ को कार्ययोजना पनि बनाइनु हुँदैन ।
अाज प्रहरीले दुइ जनालाइ इन्काउन्टरमा पार्याे । हामीले ती दुइ अपराधी भनी मान्याै र प्रहरीकाे कदमलाइ सही भन्याै । भाेलि अरू मारिएलान्र हामी ती पनि अपराधी नै थिए हाेलान्, नत्र प्रहरीले किन त्यस्ताे कदम उठाउथ्याे हाेला र भनी साेचाैला । तर अर्काे दिन हामीले निरपराध ठानेका मानिस इन्काउन्टरमा परे भने हामी कसरी विराेध गराैंला । अाज हामीले प्रहरीकाे गलत कदमलाइ वैधानिकता दियाै भने भाेलि विराेध गर्न गाह्राे हुन्छ ।
निर्दोष बालकले ज्यान गुमाएका छन् । ती बालकको परिवारमा परेको दुःखको हामी कल्पना पनि गर्न सक्दैनौं । उनीहरुलाई त्यो दुःखको सामना गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । उनीहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु । परिवारजनले उचित क्षतिपूर्ति पाउन सकून । राज्यले उनको पीडाको सम्बोधन गर्न सकोस् । अपराध पीडितको हक उनीहरुले प्रचलन गर्न सकून् ।
यसको साथै उनको अपरहण र हत्याका अभियुक्त ठानिएका दुई युवाले पनि ज्यान गुमाएका छन् । यो हत्यको उचित छानबिन होस् । अपराधीलाई कडा कारबाही हुनुपर्छ । तर अदालतमा उपस्थित हुने अधिकारको प्रचलन गर्न भने जस्तो अपराधीले पनि पाउनुपर्छ । उनीहरुको हत्या गरेर उनीहरुको परिवारलाई दण्ड दिइयो । कानुन बमोजिम काराबास दिइएको भए त्यो पीडकलाई दण्ड हुने थियो । मानिसका लािग ज्यानभन्दा स्वतन्त्रता प्रिय हुन्छ । उनीहरुका लागि पनि काराबास बढी दण्ड हुुने थियो ।
अपराध सामाजिक परिघटना हो, यसलाई न सामान्य रुपमा लिन सकिन्छ, न यो अचम्म हो । मानव रहुन्जेल अपराध रहन्छ । बस् कारण र कर्ता बदलिइरहन्छन् । अपराधको नियन्त्रण र निरुपणका लागि कानुनी व्यवस्थाको पूर्ण पालना राज्यका सबै संयन्त्रबाट अपेक्षा गरिन्छ । मुलुकी अपराध (संहिता) ऐन, २०६४ यही भदौ १ बाट कार्यान्वयन हुँदैछ । यसका पनि कठोर कार्यान्वयन आवश्यक छ । यस घटनाको सन्दर्भमा अहिले राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयबाट हुने छानबिनले सबै पीडित र सर्वसाधारणलाई चित्त बुझाउने निष्कर्ष निकाल्न सकोस् । र त्यो निष्कर्ष भावी नेपालको लागि मार्गदर्शक बन्न सकोस् ।
Friday, August 3, 2018
हिजो नेपालको संवैधानिक इतिहासमा नयाँ घटना घट्यो । संसदीय सुनवाइ समितिले प्रधान न्यायधीशको पदमा नियुक्तिका लागि का.मु. प्रधान न्यायाधीशलाई सिफारिस गरेकोमा सो सिफारिस अस्वीकृत ग¥यो । सुनुवाइ र निर्णयबीचको एक हप्ताको समय संसदीय समितिको निर्णयमा सबै सदस्यको सहमतिको प्रयासका कारण लागेको थियो । यसअघि त सुनुवाइकै समयमा स्वीकृतिको निर्णय हुने गरेको थियो । ने.क.पा. अस्वीकृतिको पक्षमा थियो तर अन्तिमसम्म पनि नेपाली कांग्रेस अस्वीकृतिमा सहमत हुन सकेन । नेपाली कांग्रेसले संसदीइ सुनुवाइ समितिको बैंठक नै बहिष्कार ग¥यो । त्यसपछि संसदीय सुनुवाइ समितिले पाँच कारणहरु देखिएर औचित्यका आधारमा प्रधान न्यायाधीश पदमा दीपकराज जोशीको नियुक्तिको प्रस्तावलाई अस्वीकृत ग¥यो । यो नेपालको लागि त नौलो थियो नै, विश्व इतिहासमा पनि बारम्बार दोहोरिने घटना थिएन ।
संसदीय सुनुवाइ समितिमा का.मु. प्रधान न्यायाधीश दीपकराज जोशीका जवाफलाई लिएर नै टिकाटीप्पणी सुरु भएका थिए । सांसदहरुले तीन घण्टा लगाएर सोधेको प्रश्नको जबाफ उनले १२–१५ मिनटमा दिएका थिए । यसमध्ये कतिपय प्रश्नको जबाफ उनले दिएनन्, कतिपय प्रश्न न्यायालयमा विचाराधीन विषय भनेर पन्छाए । सांसदहरुलाई साथी भनेर सम्बोधन पनि गरे जो सांसदहरुलाई पाच्य भएन ।
का.मु. प्रधान न्यायाधीश दीपकराज जोशीका सबाल जबाफको शैलीका बारेमा छलफल गर्न सकिन्छ तर का.मु. प्रधान न्यायाधीशको नियुक्तिका लागि सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति संसदीय सुनुवाइको नाममा संसदको टाङबाट छिर्नुपर्छ भन्ने सोचाइ राख्नु गलत भने हो । सर्वोच्च अदालत राज्यको तेस्रो महत्वपूर्ण अंग हो यसको गरिमा कायम हुनैपर्छ । संसदीय समितिले पनि त्यही अनुसारको व्यवहार गर्नुपर्छ र गरिमामय व्यवहारकै अपेक्षा गर्नुपर्छ । सिफारिस गरिएका व्यक्तिले पनि आफ्नो गरिमा कायम राखेर सुनुवाइमा भाग लिनुपर्छ । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको सुनुवाइ यसमा दृष्टान्त हुनसक्छ । तर त्यसका लागि नियुक्तिको उम्मेदवारमा पनि आवश्यक शैक्षिक योग्यता, अनुभव, चारित्रिक विशेषता, योग्यता, क्षमता र व्यापक दृष्टिकोण हुनैपर्छ ।
दुःखका साथ भन्नु पर्छ श्री जोशीमा ती गुणहरु देखिएनन् । उनको शैक्षिक योग्यताका संदेहास्पद देखियो । उनले प्रवेशिका कहाँबाट कसरी पास गरेको यकिन हुन सकेन । सबै जसो पत्रपत्रिकाले वकालत पेशाबाट न्यायाधीश बन्नका लागि उनले गरेको प्रयास, सर्वोच्चमा आउन भएका भनसुन, न्यायाधीशमा रहँदा गरेका त्रुटिपूर्ण फैसलाको चर्चा गरे । इजलासमा निदाउने आरोप पनि लाग्यो । तत्काल बिग्रने विषयलाई रोक्न मात्र अन्तरिम आदेश दिनुपर्ने र राजस्वका विषयमा कानुनको उदार ब्याख्या (कर तिर्नेले छुट पाउने गरी) गर्न नहुने कानुनी सिद्धान्तको एनसेल प्रकरणमा पालना गरिएन । यस्तै अनेक उदाहरण पत्रिकामा छापिएका छन् । संसदीय सुनुवाइ समितिले पनि अस्वीकृतिका पाँच कारणहरु दिएको छ ।
नेपाली कांग्रेसले भने श्री जोशीको योग्यताका बारेमा प्रश्न उठाउने काम संसदीय सुनुवाइ समितिको नभएको धारणा राखेको छ । संविधानले योग्यता यकिन गर्ने काम नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषदको भएको कारण देखाउँदै संसदीय सुनुवाइ समितिको निर्णय गर्ने आधारमा चित्त नबुझाई बैठक नै बहिष्कार गरेको छ । अंकगणितीय दम्भबाट थालिएका यस्ता कदमबाट अदालतमा हस्तक्षेप बढ्ने र स्वतन्त्र न्यायालय कायम नरहने आशंका पनि व्यक्त गरेको छ । पूर्ववर्ती सरकारले गरेका नियुक्ति वर्तमान सरकारले बदर गरेकोमा ती पदाधिकारीहरुलाई सर्वोच्च अदालतले पुनर्बहालीका आदेश दिएकाले सरकारले सोको प्रतिशोध लिएको हल्ला पनि छ ।
संवैधानिक पदमा तथा विभिन्न विशिष्ट पदमा नियुक्तिका अघि संसदीय सुनुवाइ गर्ने परिपाटी नेपालको सन्दर्भमा नौलो नै हो । नेपालको अन्तरिम संविधान, २०६३ बाट यसको सुरुवात भएको थियो र श्री जोशी अस्वीकृत हुने पहिलो उम्मेदवार बन्नुभयो । यस सम्बन्धमा संसदीय सुनुवाइको औचित्य बारेमा चर्चा गर्नु आवश्यक छ । नियम कानुन संगत अनुसार नै नियुक्ति हुने भए पनि उच्च तहमा नियुक्त हुने व्यक्ति जनभावना अनुसार संस्था हाँक्न सक्षम छ छैन भन्ने कुराको निक्र्यौल नै संसदीय सुनुवाइको औचित्य हो ।
कुनै पनि संस्थामा प्रमुख व्यक्तिको अहम भूमिका हुन्छ । त्यो व्यक्तिको सोचबाट संस्थाको स्वरुपमा परिवर्तन आउँछ । त्यस्तो व्यक्तिमा परिवर्तनको सँधारमा रहेको नेपाललाई संविधान, कानुन, जनभावना र समय अनुसार अघि बढाउने ताकत हुनैपर्छ र उसले आफ्नो विगतका कार्यबाट त्यसलाई प्रमाणित गरेको हुनुपर्छ । कानुनले तोकेका निम्नतम योग्यता भए पनि संसदीय सुनुवाई समितिले त्यो बाञ्छित योग्यता नभएमा उम्मेदवारी अस्वीकृत गर्न सक्छ र यो पटक त्यसै भएको छ । संवैधानिक समितिको सिफारिसको आधार र संसदीय सुनुवाइ समितिको स्वीकृतिको आधार सैद्धान्तिक रुपमा फरक छ । त्यसैले संसदीय समितिको अस्वीकृतिपछि संवैधानिका परिषदका अध्यक्षका रुपमा रहने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने तर्क आधारहीन छ ।
नेपाल कम्युनिष्ट पार्टीका सांसदको सक्रियतमा यो प्रस्ताव अस्वीकृत भएको छ । यो प्रस्ताव अस्वीकृत गर्नुलाई सो पार्टीले बाध्यताका रुपमा लिनुपर्छ रहरको रुपमा होइन । औषधि पसलमा पाचकदेखि मनोद्विपक (नार्कोटिक ड्रग) सम्म पाइन्छन् । पाचक जसले जतिबेला खाएपनि फरक पर्दैन तर मनोद्विपक (नार्कोटिक ड्रग) बेच्न र खान त्यसै खाले बिरामी हुुनुपर्छ र डाक्टरले भनेको समेत हुनुपर्छ । संविधानमा भएका व्यवस्थाहरु पनि त्यस्तै हुन् । मौलिक हक सधैं बहाल हुनुपर्छ, संकटकाल हत्तपत्त लाग्नु हुन्न । यी दुवै संविधानका धारा हुन्, उस्तै अक्षरले लेखिएका छन् । तर प्रयोगको अवस्था भने फरक पर्छ । संसदीय सुनुवाइको व्यवस्था र अस्वीकृत यस्ता अस्त्र हुन्, जसको प्रयोग भने अत्यन्तै सावधानीपूर्वक हुनुपर्छ । संसदीय सुनुवाइ पनि कसैको प्रतिष्ठामा खेलबाड गर्ने संवैधानिक छिद्र हुनु हुँदैन । बल्ल हामीले शक्ति देखाउन पायौं भन्ने मानसिकता सांसदमा आयो भने त्यो नेपालको संविधान कार्यान्वयनका लागि घातक हुनेछ ।
नेपाली कांग्रेसले श्री जोशीको पक्षधरता देखाएको छ । सर्वोच्चमा श्री जोशी आउने बेलमा भएको सुनुवाइमा पनि कांग्रेस जोशीका पक्षमा थियो र समर्थनमा भोट गरी जोगाएको थियो । यसपालि भने कमजोर उपस्थितिका कारण जोशीलाई जोगाउन सकेन । जनभावना र पत्रिकामा अभिव्यक्त विचारका आधार उसको यो पक्षधरता केवल ने.क.पा.को विरोधका लागि गरिएको विरोध मात्र हो । आजको दिनमा नेपाली कांग्रेस नै संसदीय सुनुवाइ समितिमा बहुमतमा रहेको अवस्थामा स्वीकृतिको निर्णय गर्नु सजिलो थिएन । यसपालि संसदीय सुनुवाइ समितिले यो नियुक्तिको सिफारिस स्वीकृत गरेको भए चलखेलको आरोपको सामना गर्नुपथ्र्यो ।
यो न्यायालय शुद्दीकरणको अभियान हो । यसमा राज्यलाई सफलता मिलोस् । न्यायलयमा हस्तक्षेपको आशंका निरर्थक सावित हुनैपर्छ ।

Tuesday, July 31, 2018
सञ्जुका गीत
भर्खरै
हिन्दी चलचित्र “सञ्जु” हेरें । फिल्मी नायक सञ्जय दत्तको जीवनीमा आधारित सो फिल्म
निकै राम्रो लाग्यो । विवादको भुमरीमा फँसेका सञ्जय दत्तको जीवन कथा निकै रोचक र
मार्मिक रहेछ सोको फिल्माङ्कन पनि स्तरीय । सञ्जय दत्तलाई विवादको घेराबाट बाहिर
ल्याउन यो फिल्म सक्षम छ । फिल्म हेर्दाको करिब तीन घण्टाको समय एकै छिनमा बिते
जस्तो लाग्यो । उनका जीवनको उतारचढावसँगै दुःख र हर्षका भावना मनमा घुमिरहे । अन्त
भने सुखद रहेछ ।
हरेक
युवाको सफलता र असफलतामा उसका अभिभावक र साथीको महत्वपूर्ण भूमिका हुन्छ ।
अभिभावकसँग हार्दिक र आत्मीय सम्बन्ध भएमा त्यसले जीवनलाई निकै ठुलो सकारात्मक
उर्जा दिनसक्छ । जीवनको कतिपय क्षण र मोडमा भने अभिभावकभन्दा साथी महत्वपूर्ण
हुँदा रहेछन् । सञ्जु यसैको उदाहरण हो ।
यस फिल्मा
गाइएका र सम्झिएका केही गीतहरु भने निराशा, ग्लानि, हतोत्साह, असफलताका
ओखती हुन भन्ने मेरो ठम्याइछ । त्यसैले ती गीतका शब्द पछि सम्झनका लागि यहाँ
प्रस्तुत गरेको छु । तपाईंहरुले पनि यसबाट लाभ उठाउनुहोला भन्ने आशा लिएको छु ।
१. पिघला दे जंजीरें
पिघला दे जंजीरें
बना उनकी शमशीरें
कर हर मैदान फ़तेह ओ बंदेया.
कर हर मैदान फ़तेह
घायल परिंदा है तू
दिखला दे जिंदा है तू
बाक़ी है तुझमें हौसला
तेरे जूनून के आगे
अम्बर पनाहे मांगे
कर डाले तू जो फैसला
रूठी तकदीरें तो क्या
टूटी शमशीरें तो क्या
टूटी शमशीरें से ही हो...
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर
मैदान फ़तेह, रे बंदेया... हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर
मैदान फ़तेह, रे बंदेया... हर मैदान फ़तेह
इन गर्दिशों के बादलों पे चढ़ के
वक़्त का गिरबान पकड़ के
पूछना है जीत का पता जीत का
पता.
इन मुठियों में चाँद तारे भर के
आसमां की हद से गुज़र के
हो जा तू भीड़ से जुदा भीड़ से जुदा भीड़ से जुदा
कहने को ज़र्रा है तू
लोहा का छर्रा है तू
टूटी शमशीरों से हो, हो...
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह, रे
बंदेया...
हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह कर हर
मैदान फ़तेह, ओ बंदेया...
हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह, रे
बंदेया... हर मैदान फ़तेह...
तेरी कोशिशें ही कामयाब होंगी
जब तेरी ये जिद्द आग होगी
फूँक दे नाउम्मदियाँ, नाउम्मदियाँ
तेरे पीछे पीछे रास्ते ये
चल के बाहों के
निशानों में
ढल के ढूँढ
लेंगे
अपना आशियाँ अपना
आशियाँ,
अपना आशियाँ.
लम्हों से आँख मिला के
रख दे जी जान लड़ा के
टूटी
शमशीरों से ही हो.
कर हर मैदान हर मैदान हर मैदान. हर मैदान.
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह कर हर
मैदान फ़तेह, ओ बंदेया...
हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह, ओ
बंदेया... हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह
कर हर मैदान फ़तेह, रे
बंदेया... हर मैदान फ़तेह
कर हर मैदान फ़तेह, रे
बंदेया... हर मैदान फ़तेह.
२. मेहरबानो कदरदानो दोस्तो यारो
मेहरबानो कदरदानो दोस्तो यारो
अरे खेल देखो खेल ओने तवो तहरे उप
दुनिया मे रहना है तो काम करो प्यारे
हाथ जोड़ सबको सलाम करो प्यारे
वरना ये दुनिया जीने नही देगी
खाने नही देगी पीने नही देगी
खेल कोई नया सुबह-शाम करो प्यारे
दुनिया मे रहना...
पैसे बिना दुनिया मे रोटी नही मिलाती
रोटी नही मिलाती लंगोटी नही मिलाती
हाथ जोड़ सबको सलाम करो प्यारे
दुनिया मे रहना...
एक दिन तेरे-मेरे कवाब होगे पूरे
ऐसी कोई बात कर चल ओ जमूरे
रह जाए सब दिल थाम कर ओ प्यारे
दुनिया मे रहना...
टांगे मे लगी जैसी घोड़ी चली जाए
रस्सी पे गोरी ऐसी दौड़ी चली जाए
चल घर चले राम-राम करो प्यारे
दुनिया मे रहना...
अरे खेल देखो खेल ओने तवो तहरे उप
दुनिया मे रहना है तो काम करो प्यारे
हाथ जोड़ सबको सलाम करो प्यारे
वरना ये दुनिया जीने नही देगी
खाने नही देगी पीने नही देगी
खेल कोई नया सुबह-शाम करो प्यारे
दुनिया मे रहना...
पैसे बिना दुनिया मे रोटी नही मिलाती
रोटी नही मिलाती लंगोटी नही मिलाती
हाथ जोड़ सबको सलाम करो प्यारे
दुनिया मे रहना...
एक दिन तेरे-मेरे कवाब होगे पूरे
ऐसी कोई बात कर चल ओ जमूरे
रह जाए सब दिल थाम कर ओ प्यारे
दुनिया मे रहना...
टांगे मे लगी जैसी घोड़ी चली जाए
रस्सी पे गोरी ऐसी दौड़ी चली जाए
चल घर चले राम-राम करो प्यारे
दुनिया मे रहना...
३.
रुक जाना नहीं तू कहीं हार के
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चलके मिलेंगे साए बहार के
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
काँटों पे चलके मिलेंगे साए बहार के
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
सूरज देख रुक गया है
तेरे आगे झुक गया है
सूरज देख रुक गया है
तेरे आगे झुक गया है
जब कभी ऐसे कोई मस्ताना
निकले है अपनी धुन में दीवाना
शाम सुहानी बन जाते हैं दिन इंतजार के
ओ राही.. ओ राही..
तेरे आगे झुक गया है
सूरज देख रुक गया है
तेरे आगे झुक गया है
जब कभी ऐसे कोई मस्ताना
निकले है अपनी धुन में दीवाना
शाम सुहानी बन जाते हैं दिन इंतजार के
ओ राही.. ओ राही..
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
साथी ना कारवां है
ये तेरा इम्तेहां है
साथी ना कारवां है
ये तेरा इम्तेहां है
यूँ ही चला चल दिल के सहारे
करती है मंजिल तुमको इशारे
देख कहीं कोई रोक नहीं ले तुझको पुकार के
ओ राही.. ओ राही..
ये तेरा इम्तेहां है
साथी ना कारवां है
ये तेरा इम्तेहां है
यूँ ही चला चल दिल के सहारे
करती है मंजिल तुमको इशारे
देख कहीं कोई रोक नहीं ले तुझको पुकार के
ओ राही.. ओ राही..
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
काँटों पे चलके मिलेंगे साए बहार के
ओ राही.. ओ राही..
ओ राही.. ओ राही..
नैन आंसू जो लिए हैं
ये राहों के दिए हैं
नैन आंसू जो लिए हैं
ये राहों के दिए हैं
लोगों को उनका सब कुछ दे के
तू तो चला था सपने ही ले के
कोई नहीं तो तेरे अपने हैं सपने ये प्यार के

४. कुछ तो लोग
कहेंगे, लोगाने का काम है कहना
कुछ तो लोग कहेंगे, लोगाने का काम है कहना
छोडो, बेकार की बातो मे , कही बीत ना जाए रैना
कुछ रीत जगत की एसी है
हर एक सुबह की शाम हुयी
तू कौन है, तेरा नाम है क्या
सीता भी यहा बदनाम हुयी
फिर क्यो संसार की बातो से
भीग गए तेरे नैना
हम को जो ताने देते है
हम खोये है इन रंग रलियो मे
हम ने उन को भी छुप छुप के
आते देखा इन गलियो मे
ये सच है जूठी बात नही
तुम बोलो ये सच है ना

५. तेरे जैसा यार कहाँ
तेरे जैसा यार कहाँ
कहा ऐसा याराना
याद करेगी दुनियां
तेरा मेरा अफसाना] x 2
तेरे जैसा यार कहाँ
कहा ऐसा याराना
याद करेगी दुनियां
तेरा मेरा अफसाना] x 2
[मेरी ज़िन्दगी सवारी
मुझको गले लगाके
बैठा दिया फलक पे
मुझे खात से उठाके] x 2
मुझको गले लगाके
बैठा दिया फलक पे
मुझे खात से उठाके] x 2
यारा तेरी यारी
को
मैने तो खुदा मन
याद करेगी दुनियां
तेरा मेरा अफसाना
मैने तो खुदा मन
याद करेगी दुनियां
तेरा मेरा अफसाना
[मेरे दिल की यह दुआ है
कभी दूर तू न जाए
तेरे बिना हो जीना
वो दिन कभी न आये] x 2
कभी दूर तू न जाए
तेरे बिना हो जीना
वो दिन कभी न आये] x 2
तेरे संग जीना
यहाँ
तेरे संग मर जाना
याद करेगी दुनियां
तेरा मेरा अफसाना
तेरे संग मर जाना
याद करेगी दुनियां
तेरा मेरा अफसाना
तेरे जैसा यार
कहाँ
कहा ऐसा याराना
याद करेगी दुनियां
तेरा मेरा अफसाना
कहा ऐसा याराना
याद करेगी दुनियां
तेरा मेरा अफसाना
Subscribe to:
Posts (Atom)